बराहक्षेत्र । सुनसरीको बराहक्षेत्रबाट भरूवा बन्दुकसहित एक पक्राउ परेका छन् । बराहक्षेत्र नगरपालिका १ का ६३ बर्षीय बरम बहादुर राईलाई प्रहरीले एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
गत २६ गते राईले बाँदरलाई गोली हान्दा उनकै नाती १३ बर्षीय अभिषेक राईलाई छर्राले लागी घाईते भई उपचारको लागि घोपा धरान लगेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले उनलाई खोजी गरिरहेको थियो ।
खोजीकै क्रममा बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले राईलाई विराटनगरबाट पक्राउ गरि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर बुझाएको हो । पक्राउ परेका राईको घर कोठा भित्र आज प्रहरी टोली खटि गई लुकाई छिपाई राखेको एक नाल भरुवा बन्दुक समेत बरामद गरेको छ ।
उनलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ज्यान मार्ने उद्योग र हातहतियार मुद्दामा अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।