बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ सालवन्दीमा रहेको बराह दुग्ध डेरी संकलन केन्द्रले स्थानीय ३० जना कृषकहरुलाई सम्मान गरेको छ । डेरीले २५ वृद्धवृद्धालाई खादा र नेपाली टोपी तथा ५ कृषकलाई प्रोत्साहन सम्मान स्वरूप नगदसहित सम्मान गरेको हो ।
करिब ४ वर्ष अगाडि स्थापना भएको प्राइभेट डेरीले बिहीबार एक कार्यक्रम आयोजना गरि सम्मान गरेको हो ।
डेरी सञ्चालक रमेश भट्टराईका अनुसार डेरीमा आवद्ध एक सय ३५ जना मध्ये लक्की ड्रबाट छनोट गरि प्रथम, दोस्रो, तेस्रो, चौथों र सान्तवना गरि ५ जनालाई पुरस्कर सोरुप नगदसहित सम्मान गरेको हो ।
कृषक प्रोत्साहन पुरस्कार प्रथम हुने रुद्रप्रसाद आचार्य लाई ७ हजार, दोस्रो हुने दिल कुमारी बिकलाई ४ हजार, तेस्रो निर्मला खतिवडालाई २ हजार ५ सय र दुई जनालाई सन्तावना पुरस्कर ५ अम्बिका दाहाल र राजन दाहाललाई प्रदान गरिएको भट्टराईले बताए ।
खेमराज भट्टराईको सभापतित्व रहेको कार्यक्रममा प्रमुख बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ अध्यक्ष फरिन्द्र भट्टराई रहेका थिए भने कार्यक्रम दुग्ध संकलन गर्ने करिब एक सय जना किसानहरुको उपस्थित रहेको थियो ।
अध्यक्ष भट्टराईले बराहक्षेत्रमा धेरै दुग्ध डेरि भए पनि यसरी कुनै पनि संस्थाले कृषकलाई प्रोत्साहन हुने कार्यक्रम नगरेको बताए । यस कार्यक्रमले अझै कृषकहरुको मनोबल बढ्ने र पशुपालनमा झन् आकर्षित हुने बताए ।
भोलिको दिनमा संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारबाट यश डेरीलाई अनुदान दिएको खण्डमा यस डेरीले किसानलाई नै बितरण गर्ने समेत भट्टराईले बताए ।