Friday, May 8, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE 2

व्यक्तिगत पूर्वाग्रहका आधारमा मनपरी गर्न पाइँदैन : कांग्रेस नेता रोहित प्रसाईँ

खबरबिट by खबरबिट
12/08/2021
in FEATURE 2, समाचार
0
व्यक्तिगत पूर्वाग्रहका आधारमा मनपरी गर्न पाइँदैन : कांग्रेस नेता रोहित प्रसाईँ
137
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । कांग्रेस नेता रोहित प्रसाईँले व्यक्तिगत पूर्वाग्रहका आधारमा मनपरी गर्न नपाइने बताएका छन् । बिहीबार इटहरी उपमहानगरपालिकाको प्रांगणमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईँले यस्तो बताएका हुन् । पछिल्लो समय इटहरीका मेयर द्वारिकलाल चौधरीको गतिविधिप्रति इटहरी कांग्रेसले पत्रकार सम्मेलन गर्दै ध्यानाकर्षण भएको जनाएको छ ।

मेयरले जे बोलेको छ, त्यो सपोर्ट गर्दै गएमात्रै आफ्नो जस्तो हुने, नभए व्यक्तिगत पूर्वाग्रहका आधारमा मनपरी गर्न नपाइने उनको भनाइ छ । उनले एमालेको इटहरी पार्टी कार्यालय र पार्टीका अन्य नेताहरुकै भवन सार्वजनिक जग्गामा रहेको भएपनि त्यतातर्फ चासो नदेखाएको उल्लेख गर्दै भने, ‘कांग्रेसबाट र म बाट सार्वजनिक जग्गा मिचिएको रहेछ भने नियमसंगत रुपमा आएर डोजर चलाइयोस् ।’
नगरपालिकाले भवन निर्माणको इजाजत दिएको चारवर्ष वितिसक्दा अहिले आएर भ्रमपूर्ण सूचना सार्वजनिक गर्नु भनेको दिवासप्ना मात्रै रहेको उनले बताए ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

नीतिगत निर्णय गरेर इटहरी क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा संरक्षण गर्नका लागि कांग्रेसले सहयोग गर्ने उनको भनाई छ । ‘तपाईँ नीतिगत निर्णय गरेर मेरो घर भत्काउनुहोस्, त्यो मान्य हुन्छ, होइन भने लहडको भरमा बल प्रयोग गर्न बन्द गर्नुहोस्,’ उनले भने, ‘अब सुध्रिनुहोस् प्लिज, नीतिगत निर्णय गरेर नगरबासीको मन जित्नुहोस् ।’

मन नमिल्ने पार्टीका व्यक्तिहरुलाई बद्नाम गराउने प्रयास : नगरसभापति पौडेल
नगर सभापति हेमकर्ण पौडेलले सार्वजनिक अभिव्यक्तिमा मन नमिल्ने पार्टीका व्यक्तिहरुलाई बद्नाम गराउने प्रयास मान्य नभएको बताए । ‘वार्ता समाधान गर्ने भन्दा पनि समस्यालाई चर्काउने, नागरिकलाई उत्तेजित बनाउनेतर्फ उहाँ लागिरहनुभएको छ,’ उनले भने, ‘हामीले उठाएका मुल मुद्दालाई कांग्रेस भूमाफियाको पक्षमा छ भन्ने किसिमले उहाँ लागिरहनुभएको छ, यसमा हाम्रो आपत्ति छ ।’

कांग्रेसका व्यक्तिहरुबाट एक इन्च मात्रै सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको भए कानूनी दायरामा आउन तयार रहेको उदृत गर्दै उनले भने, ‘आफूलाई जहाँ मन लाग्छ, त्यहाँ राज्यको सम्पत्तिको दुरुपयोग गर्दै गलत सूचना प्रवाह गर्दै भत्काउने अधिकार छैन ।’

इटहरीभित्र बोलेका सबै कुरा कार्यान्वयन गर्न समेत आवश्यक रहेको उनले बताए । ऐन कानून बनाएर भत्काउनका लागि उनले सुझाव दिए । ‘अदालत पनि आफैँ, प्रहरी पनि आफैँ र राज्यको न्यायधीश पनि आफैँ भन्ने उहाँमा जुन भ्रम छ, त्यसको हामी शशक्त प्रतिकार गर्छौँ,’ नेता पौडेलले भने, ‘सबै कुरामा छानबिन गरेर सबै मानिसलाई कानूनी कारबाहीमा ल्याउन हाम्रो चुनौती छ ।’

कानूनी लडाईँमा लड्न तयार छु : मेयर चौधरी
मेयर द्धारिकलाल चौधरीले भने आफूले कार्यकाल सकिने समयसम्ममा सार्वजनिक जग्गा हडपेका सबै संरचना भत्काउने दाबी गरेका छन् । सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘मेरो कार्यकालसम्ममा पहिलादेखि नै मिचेर बनेका सबै संरचना भत्किनेछन्, मेरो कुरा चित्त बुझेन भने अदालतमा जान सक्नुहुन्छ, त्यहाँको फैसला तपाईँको पक्षमा आयो भने म पनि त्यहाँसम्म पुग्छु ।’ उनले अब आफू कानूनी लडाईँमा लड्ने बताउँदै ‘एक्सन’ मा उत्रिएको बताए ।

बिहीबार इटहरीका मेयर द्धारिकलाल चौधरीले सामाजिक सञ्जालमा ‘इटहरी १६ सिप्रदी छेउ रोहित प्रसाईँले पैनी मिचेर प्लटिङ गरेको जग्गा नगरपालिकाले नाप जाँच गर्ने, सबैलाई जानकारी’ पोस्ट गरेका थिए । यही विषयमा कांग्रेस इटहरीले पत्रकार सम्मेलन गरी आफूहरुको ध्यानाकर्षण भएको जनाएको हो ।

बुधबार इटहरी ४ का यामप्रसाद ढकाललाई कार्यकक्षमै बोलाएर ऐलानी जग्गामा भवन बनाएको भन्दै मेयर चौधरीले दुई घण्टासम्म थुनेका थिए । त्यसपछि कांग्रेसले आन्दोलनको घोषणा गर्दै मेयर चौधरीको कार्यकक्षमा तालाबन्दी गरेको थियो । बिहीबार बिहान उपमहानगर परिसरमा कांग्रेसले मेयरलाई प्रवेश निषेध समेत गरेको थियो ।

 

Tags: इटहरी उपमहानगरपालिकाकांग्रेसद्वारिकलाल चाैधरीहेमकर्ण पाैडेल

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
तीज र तीजका गीतमा माैलिकता हराउँदै

तीज र तीजका गीतमा माैलिकता हराउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.