बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र २ मा रहेको प्रथामिक स्वास्थ्य केन्द्र चतरालाई स्वास्थ्य उपकरण र सामाग्री हस्तान्तरण गरिएको छ ।
स्वास्थ्य विभाग काठमाडौंले एक थान अक्सिजन कन्सट्रेटरसहित पीपीई १ सय थान, ग्लोब्स १ प्याकेट, एन्टिजेन २ सय थान, फेससिन एक सय थान, अक्सिमिटर २ थान, माक्स दुई सय थान, थर्मामिटर ३ थान, थमलगन १ थान, सेनिटाइजर २५ लिटर र माक्स (के नाइटिन) ५० थान रहेको छ भने अनुमानित ३ लाख रुपैयाँ रकम बराबरको स्वास्थ्य उपकरण र सामाग्री उपलब्ध गराएको प्रथामिक स्वास्थ्य केन्द्र चतरा व्यवस्थापन डाक्टर अनिल गिरीले बताए ।
स्वास्थ्य सामाग्रीका लागि बराहक्षेत्र १ चतराका युवा समाजसेवी सुरेन्द्र राईले पहल गरेका थिए । उक्त सामाग्री बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरी राईको उपस्थितिमा नेपाली कांग्रेसका वडा नं. १ सभापति इश्वर थापाले स्वास्थ्य केन्द्रका सल्लाहकार समितिका जेष्ठ सदस्य गणेश सुब्बालाई हस्तान्तरण गरेका हुन् ।
सहज रुपमा स्थानीय क्षेत्रमै सेवाग्राहीहरुलाई अक्सिजन र अन्य स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखेर स्वास्थ्य सामाग्री उपलब्ध गराएको पहलकर्ता नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि समेत रहेका राईले बताए । अक्सिजन कन्सन्ट्रेटर प्रति मिनेट १० लिटर उत्पादन गर्ने सक्ने क्षमताको रहेको छ ।
हस्तान्तरण कार्यक्रम केन्द्रका सल्लाहकार समितिका जेष्ठ सदस्य गणेश सुब्बाको सभाध्यक्षतामा सम्पन्न भएको थियो । केन्द्रका व्यवस्थापन डाक्टर गिरिले सञ्चालन गरेको कार्यक्रममा केन्द्रकी व्यवस्थापन समिति सदस्य दुर्गा बुढाथोकी, सल्लाहकार सदस्य लंकमान बिश्वकर्मा, नेपाली कांग्रेस वडा नं १ सभापति ईशवर थापा, नेकपा एमाले वडा नं १ अध्यक्ष कृष्ण कटेल, जनता समाजवादि पार्टी बराहक्षेत्र २ का अध्यक्ष दिलिप राईले शुभकामना तथा धन्यवाद् ब्यक्त गरेका थिए ।
सोही कार्यक्रमानै पहल कर्ता सुरेन्द्र राईसहित केही समय अगाडि स्वास्थ्य उपकरण उपलब्ध गराउन समन्वयकारी भूमिका निर्वाह गरेका हिमाल राई र सुवास गौतमलाई सम्मान पत्रले सम्मानित गरिएको थियो ।