धरान उपमहानगरपालिकाले स्थापन गरेको फुड बैंकमा प्रदेश नम्बर १ की सांसद उमिता बिश्वकर्माले व्यक्तिगत तर्फबाट ५ सय १० केजि चामल जम्मा गरेकी छन ।
३० केजिको १७ बोरा चामल मंगलबार उपमहानगरपालिकालाई हस्तान्तरण गरेकी हुन् । अहिले लकडाउनको समयमा दैनिक ज्यालादारी, गरिब तथा बिपन्न परिवारलाई समस्या परेको भन्दै विभिन्न संस्था तथा व्यक्तिहरुले राहत दिने क्रम जारी छ ।
प्रदेश सांसद विश्वकर्माले धरान उपमहानगरकी उपमेयर मन्जु भण्डारीलाई हस्तान्तरण गरेकी हुन् । गत हप्ता बराहक्षेत्र नगरपालिकालाई पनि उनले ५ सय १० केजी चामल हस्तान्तरण गरेकी थिइन् ।