काठमाडौं । थप २७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४ सय दुई पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिउँसो नियमित पत्रकार सम्मेलन मार्फत थप २७ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । थपिएका संक्रमितमध्ये काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरका एक/एक जना छन् ।
यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एक/ एक जना, सर्लाहीका २ जना, मनवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एकएक जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ ।
थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका छन् ।