काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ ।
बिहीबार थप एक सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले योसँगै संक्रमितको संख्या एक हजार ४२ पुगेको जानकारी दिए ।







