सुनसरी । जेठ २० गते मृत्यु भएका एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पाल्पाको पूर्वखोलाका ४५ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
उनको २० गते मिसन अस्पताल पाल्पामा मृत्यु भएकोमा संकलित स्वाब परीक्षणका लागि पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
उनी भारतबाट आएर क्वरेन्टाइनमा बसेका थिए भने स्वास्थ्यमा समस्या भएपछि अस्पतालमा भर्ना भएकोमा मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० पुगेको छ ।
याे पनि पढ्नुहाेस् : थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६३४ पुग्यो