रामधुनी नगरपालिकामा एक पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।
नगरको झुम्कास्थित क्षेत्रीय कृषि तालिम केन्द्रमा रहेको क्वारेन्टाइनमा रहेका ३० वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको रामधुनी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शाखा प्रमुख नगेन्द्र पौडेलका अनुसार रामधुनी ५ घर भएका ३० वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
गत मंगलबार क्वारेन्टाइनमा रहेका ३४ जनाको स्वाब संकलन गरी विराटनगर पठाइएको थियो । जसमध्ये ति पुरूषकाे रिपाेर्ट पाेजेटिभ आएको हो ।
याे पनि पढ्नुहाेस् : भारतबाट आएका थिए रामधुनीका कोरोना संक्रमित पुरूष
[…] अघि रामधुनी ५ का ३० वर्षिय पुरूषलाई काेराेना संक्रमण देखिएकाे थियाे […]