बराहक्षेत्रमा थप दुई जनाको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ ।
सोमबार आएको ५३ जनाको रिपोर्टमध्ये २ जनाको पोजेटिभ आएको बराहक्षेत्र नगर जनस्वास्थ्य शाखा प्रमुख उमेश मेहताले बताए ।
शाखाका अनुसार कोरोना संक्रमण देखिने बराहक्षेत्र ८ र १० नम्बर वडाका पुरुष हुन् ।
उनीहरु बराहक्षेत्र १० स्थित प्रकाश माविको क्वारेन्टाइनमा बस्दै आएका थिए । उनीहरु केही दिन अघि भारतबाट आएर क्वारेन्टाइनमा बेसका थिए ।
यस अघि बराहक्षेत्रका क्वारेन्टाइनमा रहेका ४, बराहक्षेत्र घर भइ तेह्रथुममा कार्यरत सशस्त्र प्रहरी र एक बालिका गरी ६ जनामा कोरोना संक्रमण देखिएको थियो ।
सोमबार देखिएको दुई सँगै बराहक्षेत्रमा कोरोना संक्रमितको संख्या ८ पुगेको छ । भराैलकाे महेन्द्र माविमा रहेकाे क्वारेन्टाइनबाहेक सबै क्वारेन्टाइनमा बसेकाहरूकाे स्वाब संंकलन गरिएकाे र सबैकाे रिपाेर्ट आइसकेको मेहताले बताए ।