रामधुनी । रामधुनीमा थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
रामधुनी नगरपालिका २ तित्रिबनस्थित एक प्लाइ उद्योगमा कार्यरत दुई मजदुरमा कोरोना संक्रमण भएको नगरपालिका स्वास्थ्य शाखाका नगेन्द्र पौडेलले पुष्टि गरे ।
यो सँगै रामधुनीमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ । संक्रमित मजदुर एकजना १८ र अर्का २० वर्षीय पुरुष रहेको पौडेलले बताए ।
उनीहरु सर्लाहीबाट गत २७ साउनमा उद्योग आएका थिए । उद्योगले नगरपालिकासँग समन्वय गरेर २० जना मजदुरको पीसीआर परीक्षण गराएको थियो ।
जसमा बुधबार (आज) २ जनाको रिपोर्ट पोजेटिभ आएको हो । बाँकी १८ जनाको नेगेटिभ आएको स्वास्थ्य शाखाले जनाएको छ ।
उनीहरूमा कुनै लक्षण देखिएकाे थिएन । हाल उद्याेग मै राखिएका संक्रमित मजदुरलाई आइसोलेसन सेन्टरमा लैजाने विषयमा छलफल भइरहेको पौडेलले जानकारी दिए ।