बराहक्षेत्र । सुनसरीको बराहक्षेत्रमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बराहक्षेत्र १० प्रकाशपुर घर भएका २९ वर्षका एक युवालाई शुक्रबार कोरोना पोजेटिभ देखिएको बराहक्षेत्र स्वास्थ शाखा जनस्वास्थ्य निरीक्षक उमेश मेहताले बताए ।
युवालाई पथरिया भएपछी शल्यक्रिया गर्न २६ गते विराटनगरमा रहेको विराट मेडिकल कलेज हस्पिटलमा भर्ना भएका थिए । हस्पिटल भर्ना भएपछि ५,६ दिन हस्पिटलमा बसेका थिए । उनको शल्यक्रिया गर्र्भु भन्दा अगाडि पिसिआर टेस्ट गर्दा भदौ ५ गते रिपोर्ट पोजेटिभ आएको मेहताले बताए ।
रिपोर्ट पोजेटिभ आएपछि संक्रमितलाई चतरामा रहेको आइसोलेसन सेन्टरमा लगिएको उनले बताए । हालसम्म बराहक्षेत्र नगरपालिका १३ जानमा संक्रमित देखिएको छ ।
जसमा ११ जना निको भइ केको र बाँकी २ जना आइसोलेसनमा रहेका छन् । नगरपालिकाले अहिलेसम्म आठ सय जनाको पिसिआर गरिसकेको समेत मेहताले बताए ।