काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ४४९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये २ हजार ८०९ जना पुरुष तथा १ हजार ६९० जना महिला रहेका छन् । सबैभन्दा बागमती प्रदेशमा ३२२५ जना संक्रमित थपिएका हुन् ।
काठमाडौँ उपत्यकामा मात्र २७२० जना संक्रमित थपिएका छन् । यसमा १ हजार ९२ जना महिला तथा १ हजार ६२८ जना पुरुष रहेका छन् ।
परीक्षण गरिएकामध्ये ११।२ प्रतिशतमा संक्रमण देखिएको छ । नेपालमा हालसम्म १ लाख ५३ हजार ८ जना संक्रमित फेला परिसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ६९१ रहेको छ । नेपालमा हाल २९० जना आइसीयूमा रहेका छन् भने ६९ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
त्यस्तै, १ लाख ५ हजार ४८८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ६६८ जना निको रहेका छन् । नेपालमा निको हुने दर ६८।९ प्रतिशत रहेको छ ।
पछिल्लो नेपालमा मृत्यु हुनेको संख्या १७ रहेको छ । हालसम्म ८२९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।