Monday, December 8, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

कात्तिक ८ गते खण्डग्रास सूर्यग्रहण लाग्ने

खबरबिट by खबरबिट
20/10/2022
in FEATURE, मुख्य समाचार
0
कात्तिक ८ गते खण्डग्रास सूर्यग्रहण लाग्ने
71
VIEWS
Share on FacebookShare on Twitter

कात्तिक ८ गते मङ्गलबार कृष्ण पक्ष औँसी तिथीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले अपराह्न ४ः ५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः २४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । ३२ मिनेटमात्र रहने ग्रहणलाई नेपालबाट भने नदेखिने उनको भनाइ रहेको छ ।

ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

शास्त्रीय मान्यताअनुसार कात्तिक ८ गते बिहान ४ः ५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरुलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले बताए । ग्रहणका बेला गर्न हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ ।

निद्रायां जायते व्याधि मुत्रे दारिद्रमाप्नुयात् ।
पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकरः ।।
अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति ।
बन्धने च भवेत् सर्पे वधे च नरकं व्रजेत् ।।

अर्थात् ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गारपटार गरे कुष्ठरोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिकग्रन्थमा वर्णन गरिएको छ ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्र ग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् गौतमले सुनाए । सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ । यसै विश्वासअनुसार कात्तिक ८ गते बिहान ४ः ५२ बजेदेखि भोजन गर्नुहुँदैन ।

ग्रहणका समयमा नित्यकर्म गर्छन् । ग्रहण निषेध गरिएका बाहेक कर्म गर्न हुने जनाइएको छ । कार्तिक ८ मंगलबार चन्द्रमा सूर्यको सामुन्ने जाँदा आंशिक सूर्यग्रहण लाग्ने भएको छ । यो आंशिक ग्रहण अफ्रिका, एसिया, युरोप र युनाइटेड किंगडमको गुर्नसेको उत्तरी गोलार्धमा देखिनेछ र उत्तरी ध्रुव र रूसमा यसको सबैभन्दा चरम सीमामा हुने भएकोले यसको दृश्य फरक रहने उनले बताए ।

Tags: खण्डग्रास सूर्य ग्रहणनेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
माधव नेपाललाई कारवाहीका लागि रौतहट प्रहरीलाई आयोगद्वारा पत्रचार

माधव नेपाललाई कारवाहीका लागि रौतहट प्रहरीलाई आयोगद्वारा पत्रचार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.