रामधुनी । ग्लोबल आइएमई बैंकले सुनसरीको रामधुनीको झुम्काबजारबाट सेवा सुरु गरेको छ ।
बैंकका विराटनगर शाखा प्रमुख मुकेश साहका अनुसार रामधुनीस्थित झुम्का शाखामा मंगलबारबाट सेवा सुरु भएको हो ।
नागरिकलाई सहज शेवा प्रदान गर्न आवश्क्ता अनुसार शाखा बिस्तार गरिने उनले बताए । मंगलबार मात्रै बैंकले रुकुम पूर्व र लमहीमा पनि शाखा खोलेर शेवा प्रदान गरिएको बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंकले सबैका लागि बैंक नारा दिएर शेवा प्रदान गरिरहेको छ । योसँगै बैंकले आफ्नो सेवा २६७ केन्द्रबाट दिएको जनाएको छ ।