काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ ।
शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्ने बताइएको छ ।
साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १३ सम्म बन्द हुनेछ ।
मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय समेत गरेको छ ।