रामाधुनी । सुनसरी प्रशासनले जिल्लाभर कायम रहेको निषेधित क्षेत्र खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार राति १२ बजेबाट खुकुलो बनाउने सुनसरीका बजार पसल मापदण्ड अनुरुप संचालनमा ल्याउन पाइने प्रशासनले निर्णय गरेको हो ।
बुधबार दिउँसो एक सूचना जारी गर्दै प्रशासनले स्वास्थ्य मापदण्ड अनुसार तोकिएको समयावधिभर बजार पसल खोल्न पाइने जनाएको छ ।
लकडाउन खुकुलो बनाइएको भनेपनि यातायातका साधन, सैलुन, ब्युटिपार्लर, जिमखाना भने खोल्न नपाइने भनएको छ । सवारिसाधनमा स्वास्थ्य मापदण्ड पुरा गर्दै सिटीसफारी भने सञ्चालन गर्न पाइने भएको छ ।
प्रशासनले २ जना सवार रहन सक्ने गरी स्वास्थ्य प्रोटोकलको ख्याल गरी सिटी सफारी भने संचालनमा ल्याउन सकिने जनाएको हो । दैनिक तथा साप्ताहिक हटिया र सडक पेटीमा गरिने व्यापार समेत तत्काल संचालन गर्न नपाइने सुनसरी प्रशासनले जनाएको छ ।
सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था भने स्वास्थ्य मापदण्ड अनुसार भीडभाड नहुने गरी संचालन गर्न पाइने सुनसरी प्रशासनले सूचना मार्फत जानकारी गराएको छ ।