प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट प्रस्तुत गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले आज प्रदेशसभा बैठकमा बजेट पेस गरेका हुन ।
चालु आर्थिक वर्षका लागि सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट प्रदेश ल्याएको थियो । तर, उक्त बजेट करिब २८ अर्बमा खुम्चिएको अनुमान मन्त्री आङ्बुहाङले गरे ।