सुनसरीमा कोरोना महामारीका कारण बन्द भएको सार्वजनिक सवारी साधन सञ्चालनमा आउने भएको छ । सञ्चालनमा आउने भएको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा सोमबार बसेको बैठकले असार २३ गतेदेखि लागू हुनेगरी जिल्लामा सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेको हो ।
असार २३ गतेदेखि यात्रुहरुलाई ध्यानमा राखेर सार्वजनिक यातायात जोरबिजोर गरि सञ्चालन गर्न पाइने छ । त्यसै गरी बैठकले राजमार्ग छेउमा रहेका होटल तथा रेष्टुरेन्ट समेत बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न दिइने समेत निर्णय गरेकाे छ ।