Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home अर्थ

बैंकमा थुप्रिन थाले पैसा

पत्रपत्रिकाबाट (खबरबिट) by पत्रपत्रिकाबाट (खबरबिट)
13/07/2020
in अर्थ, पत्रपत्रिका
0
एक अर्ब ६३ करोड वितरण गर्दै राष्ट्र बैंक
8
SHARES
206
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिन थाले पनि ब्याजदर करिडोरमार्फत व्यवस्थापन गर्न राष्ट्र बैंक तयार नभएको बैंकरले गुनासो गरेका छन्। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत खुला बजार कारोबारलाई ब्याजदर करिडोरको अंकुशमा राख्ने बताएको थियो।

बैंकमा लगानी गर्ने पैसा आवश्यकताभन्दा बढी हुँदा केन्द्रीय बैंकले निक्षेप किनिदिनुपर्छ। चाहिने जति पैसा पनि नपाएर लगानी गर्न नसक्ने बैंकलाई एक–दुई साताका लागि राष्ट्र बैंकले सापटी दिएर सहज बनाउनुपर्ने हुन्छ। बैंक तथा वित्तीय संस्था र केन्द्रीय बैंकबीच हुने यस्तो दोहोरो कारोबारको माध्यमलाई ब्याजदर करिडोर भनिएको हो। अहिलेको व्यवस्थाअनुसार बैंकहरुबीच एक रातको सापटी कारोबारको ब्याजदर २ प्रतिशतभन्दा कम भएमा राष्ट्र बैंकले २ प्रतिशत ब्याजमा बैंकसँग निक्षेप किनिदिनुपर्ने थियो।

READ ALSO

पेट्रोलियम पदार्थको मूल्य घट्यो

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

तर हाल अन्तरबैंक कारोबार शून्य दशमलव २ प्रतिशतसम्म झर्दा पनि राष्ट्र बैंकले ब्याजदर करिडोरको कार्यान्वयन नगरेको बैंकर बताउँछन्। नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले राष्ट्र बैंक खुला बजार कारोबार सुरु गर्न तयार नहुँदा बैंक ठूलो रकम निष्कृय पुँजीका रुपमा राख्न बाध्य भएको बताए। यसबाट बैंकको नाफामा असरपर्ने उनी बताउँछन्।

अर्का एक बैंकरले भने राष्ट्र बैंकले ब्याज तिर्नुपर्ने लोभमा खुला बजार कारोबार सञ्चालन नगरेको आरोप लगाए। बैंकमा थुप्रिएको पैसा राष्ट्र बैंकले लगिदिने हो भने बैंकलाई २ प्रतिशतको दरले ब्याज तिर्नुपर्ने हुन्छ। आइतबार बैंकिङ प्रणालीमा १ खर्ब ६६ अर्ब रुपैयाँ अधिक तरलता रहेको राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टले जानकारी दिए। जतिबेला पनि ऋण दिन सकिने यस्तो रकम बैंकमा तीव्र दरमा बढिरहेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा विनय बञ्जाराले लेखेका छन् ।

Tags: पत्रपत्रिकाराष्ट्र बैंक

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
कोशी प्रदेशकाे बजेट ३६ अर्ब
अर्थ

कोशी प्रदेशकाे बजेट ३६ अर्ब

16/06/2025
शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा
पत्रपत्रिका

शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

28/04/2025
जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी
FEATURE

जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी

02/04/2024
आर्थिक समाचारलाई प्राथमिकता दिने मिडियाहरुको संगठन इमानको कोशी प्रदेश कमिटि गठन
अर्थ

आर्थिक समाचारलाई प्राथमिकता दिने मिडियाहरुको संगठन इमानको कोशी प्रदेश कमिटि गठन

20/02/2024
Next Post
रामधुनी नगरपालिकाको सेवाप्रवाह : नगरवासी असन्तुष्टि, सन्तुष्टि दुवै

रामधुनी नगरपालिकाको सेवाप्रवाह : नगरवासी असन्तुष्टि, सन्तुष्टि दुवै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.