Sunday, January 25, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

रामधुनी नगरपालिकाको सेवाप्रवाह : नगरवासी असन्तुष्टि, सन्तुष्टि दुवै

आर.बी. कटवाल by आर.बी. कटवाल
04/08/2020
in FEATURE, फिचर-स्टाेरी
0
रामधुनी नगरपालिकाको सेवाप्रवाह : नगरवासी असन्तुष्टि, सन्तुष्टि दुवै
32
SHARES
790
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी ३ का २८ वर्षीय अविरल चौधरी (नाम परिवर्तन) हत्तपत्त नगरपालिकाको कार्यालय जान चाहाँदैनन् । उनलाई आफूले नगरपालिकाको कार्यालयमा भोगेका समस्या र त्यहाँ देखेका बेथितिले सकेसम्म नगरपालिकाको कार्यालय जान नपरे हुन्थ्यो भन्ने लाग्छ । नगरपालिकाका कर्मचारीहरुको व्यवहार र सिस्टम समससमयमा सेवा लिन आउँदा बुझिसकेको र मन नपरेको उनको भनाइ छ ।

चौधरी स्वयम्सेवक शिक्षकको विषयमा बुझ्न लकडाउन सुरुहुनु ३/४ दिन अघि नगरपालिकाको कार्यालय जाँदा सेवा राम्रो नपाएको अनुभव सुनाए । ‘स्वयम्सेवक शिक्षकको विषयमा बुझ्न शिक्षा शाखामा गएको थिएँ,’ उनले सुनाए, ‘प्रमुखबाहेक अन्य कर्मचारीहरुको प्रतिक्रिया, व्यवहार र जिम्मेवारीपन देखेर काम नगरी फर्केर आएँ ।’ त्यस अघि पनि विभिन्न विभिन्न सेवाका लागि केही शाखामा जाँदा कर्मचारी बाहिर हुने, गैरजिम्मेवारपूर्ण काम गर्ने, र सम्बन्धित कर्मचारीलाई बाहिर खोज्दाखोज्दै समय बितेर सेवा ढिलो पाएको अनुभव समेत स्मरण गरे ।

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

केही दिन अघि नेकपा रामधुनीले विज्ञप्ती जारी गर्दै नगरको ध्यानआकर्षण गरायो । नेकपाले नगरपालिकाले वितरण गरेको सामाजिक सुरक्षा भत्ता लिन बैंक आउनेमध्ये जेष्ठ नगारिक र अपांगता भएका व्यक्तिहरुलाई लामो समय घाममा उभिँदा समस्या भएकोमा असन्तुष्टि जनाएको थियो । बैंकसँगको सहकार्यमा त्यस्ता व्यक्तिहरुलाई वडा कार्यालयमार्फत घरघरमा सुरक्षा भत्ता पुर्याउन आवश्यक रहेको नेकपा रामधुनीका अध्यक्ष राम कोइरालाको भनाइ छ ।

त्यसो त समग्र रुपमा नगरको सेवाप्रवाह ठिकै रहेको कोइरालाको बुझाई छ । ‘सबैको बुझाइ फरकफरक हुन्छ,’ उनले भने, ‘मैले समग्रमा नियाल्दा रामधुनी नगरपालिकाको सेवाप्रवाह चित्तबुझ्दो नै छ ।’ जनप्रतिनिधि आइसकेपछिको केही समय संविधान, संघीय संरचना, स्थानीय तहका काम, कर्तव्य तथा अधिकार लगायतले केही समय सिक्दै र बुझ्दै सेवा दिएपनि अहिले भने राम्रै रुपमा जनसेवाको काम गरिरहेको उनी बताउँछन् ।

उता रामधुनी ९ का बैजनाथ चौधरी भने नगरको कामप्रति सुन्तुष्ट नै देखिन्छन् । गत मंसिरमा एक कामका लागि सेवा लिन नगरपालिकाको कार्यालय आएका उनले बीचमा लकडाउन नभएको भए समयमै सेवा पाउने थिए । खोपसेवा केन्द्र निर्माणका लागि आएका उनलाई पुनः प्रक्रिया पुर्याएर आउन भनिएको थियो । भवन निर्माण, निर्णय आदी काम सक्न समय पनि चाहिने भएकाले सबै काम सकेर उनी गत २४ असारमा नगरपालिका आए । उनको काम सोही दिन सकियो । लकडाउन नभएको भए पहिला नै काम सकिने बताउने उनी नगरको सेवाप्रति खुसी नै देखिन्थे ।

रामधुनी नगरपालिकाकाे कार्यालयमा राखिकाे विद्युतीय सूचना पाटी । जुन पछिल्लाे समय प्रयाेगविहीन छ ।

प्रयोगविहीन ‘डिजिटल सूचनापाटी’
नगरपालिकाको कार्यालय प्रवेश गर्दै गर्दा माथि डिजिटल सूचना पाटी देख्न सकिन्छ । तर पछिल्लो समय कार्यालय जाने सेवाग्राहीले डिजिटल सूचनापाटी (नागरिक वडापत्र) उपयोग गर्न पाएका छैनन् । पछिल्लो समय सो सूचनापार्टी प्रयोगमा छैन । भित्तामा लेखिएको अक्षर पढ्न नसक्ने वा भिडियोबाट सूचना लिन सहज हुने सेवाग्राही यसबाट बञ्चित भइरहेका छन् । ‘रामधुनी नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यविधि, २०७६’ को परिच्छेद २ अन्तर्गत २.१ मा नागरिक वडापत्र राख्नुपर्ने उल्लेख गरिएको छ । पछिल्लो समय त्यतिकै प्रयोगमा नल्याइएको नगरको भनाइ छ ।

उजुरीपेटिका ‘खाली’
नगरपालिकाले गुनासो सम्बोधन गर्न ‘गुनासो सम्बोधन तथा व्यवस्थापन कार्यविधि ०७६’ सञ्चालनमा ल्याएको छ । सेवाग्राहीले गुनासा तथा उजुरी दिनका लागि नगरपालिको उजुरी पेटिका समेत छ । नगरपालिकाका सूचना अधिकारी बसन्त मोतेसँग नगरको तर्फबाट सूचनाहरु पर्याप्त मात्रामा प्रदान गर्दै आएको अनुभव छ । नगरको सेवाप्रवाह विरुद्धमात्र नभइ यस आर्थिक वर्षमा कुनैपनि उजुरी तथा गुनासा नपरेको उनी बताउँछन् । केहीसमय अघि भने उनले इमेलमार्फत एउटा गुनासो आएको र छलफलमार्फत सम्बोधन गरेको स्मरण गरे ।

नगरकी उपमेयर सविना चौधरी पनि केही महिना अघिसम्म वडास्तरबाट न्यायिक समितिमार्फत आउने मुद्दा हेर्नमा बढी व्यस्त हुन्थिन् । तर, पछिल्लो समय भने अलि छुट्टै र फरक प्रक्रिया तथा सामान्य मुद्दा वडामै मिल्न थालेपछि यतिबेला अलि राहत भएको छ । ‘नगरपालिकामा सबै प्रक्रिया पुरा गरेका र आवश्यक कागजात संकलन गरी ल्याएका सेवाग्राहीले समय मै सेवा पाइरहनुभएको छ,’ उनले भनिन्, ‘सबै प्रक्रियागत रुपमा काम हुने भएकाले सेवाप्रवाहमा ढिलासुस्ती हुँदैन ।’ चौधरीका अनुसार लकडाउनको अवधिमा भने राजश्व शाखामा कम सेवाग्राही आएका छन् भने योजना शाखामा बढी सेवाग्राही आइरहेका छन् ।

सूचना प्रवाह : सूचना पाटीदेखि वेबसाइटसम्म
नगरपालिकाले सेवाग्राहीका लागि विभिन्न माध्यमबाट सूचना प्रवाह गरिरहेको पाइएको छ । नगरले आफ्नो वेबसाइटमार्फत, कार्यालय परिसरमा रहेको सूचना पार्टी र सामाजिक सञ्जाल(फेसबुक) मार्फत सार्वजनिक÷प्रकाशन गर्दै आएको छ । वेबसाइट र सामाजिक सञ्जालमार्फत भने सूचना अधिकारी मोतेले सूचना प्रकाशन गर्ने गरेका छन् । उनका अनुसार सामाजिक सञ्जालबाट सूचना हेरेर पनि कतिपय विषयमा बुझ्न र सेवा लिन आउने गरेका छन् । त्यसैगरी पारदर्शिताका लागि नगरले नगर प्रोफाइल प्रकाशन गरेको छ भने आउँदो आर्थिक वर्ष २०७७÷०७८ भित्र मोबाइल एप सञ्चालनमा ल्याउने तयारी समेत नगरले गरिरहेको छ । त्यस्तै नगरका १० वटा माद्यामिक स्तरीय विद्यालयमा सिसी टिभी जडान गरी नगरपालिकाको कार्यालयबाट निगरानी समेत भइरहेको मोतेको भनाइ छ । सूचना प्रवाह र सेवा प्रवाहका लागि नगरपालिकाले थप अन्य कार्य गर्दै जाने सूचना अधिकारी मोतेले बताए ।

रामधुनी नगरपालिकाकाे कार्यालयकाे भित्तामा राखिएकाे नागरिक वडापत्र ।

समान सेवाप्रवाह, अपांगमैत्री भवन
नगरपालिकामा सेवा लिन आउने फरक क्षमता (अपांगता) भएका व्यक्तिहरुका लागि समेत सहज हुने किसिमको भवन छ । कार्यालय भवन भित्र ह्वील चेयरमा समत प्रवेश गर्न कुनै समस्या छैन । केही सेवाग्राहीहरुले कर्मचारीको व्यवहार चित्त नबुझको बताएपनि समग्ररुपमा अन्य सेवाग्राहीको साझा भनाइ औसत सेवा प्रवाह रहेको छ । नगरपालिकाको अनुसार व्यक्ति हेरेर भन्दा पनि सबै कागजात वा प्रक्रिया पुरा गरेको भए सेवा प्रवाहमा समस्या नहुने जनाएको छ । प्रक्रियागत रुपमा आउने सेवाग्राहीको काम सहजै हुने उपमेयर चौधरीको भनाइ छ ।

राजश्व/कर छुटको आश
पछिल्लो समय विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) ले विश्व नै अक्रान्त छ । यसको प्रभाव चौतर्फी रुपमा छ । रामधुनी नगरपालिकाभित्र पनि यसले उत्तिनै असर गरेको छ । लगातार तीन महिना भन्दा बढी व्यापार, व्यवसायदेखि हरेक क्षेत्र बन्द रहन पुग्यो । यस्तो अवस्थामा व्यापारव्यवसाय गर्नेहरुले नगरपालिकालाई तिर्ने राजश्व तथा करमा छुट हुने आशा राखेका छन् । व्यवसाय सञ्चालन गर्दै आएका रामधुनीका अरुण चौधरी लकडाउनले व्यापार चौपट भएको अवस्थामा नगरले केही राजश्व छुट गरे आफूहरुलाई सजह हुन बताउँछन् । चौधरीको जस्तै आशा बोकेका कयौं रामधुनीका व्यवसायीहरु घरबेटीलाई भाडा तिर्नुपर्ने मारमा त छदैंछन् असारदेखि लकडाउन खुकुलो भएपछि पुनः सञ्चालनमा ल्याएको व्यवसायमा पनि खासै चलेकोमा उत्तिकै चिन्ता पनि छ । कतिपय व्यवसायीहरु छुटको आशाले हरेकदिन नगरपालिका धाइरहेका छन् भने कतिपय मनमा आशा बोकेर व्यापार सञ्चालन गरिरहेका छन् ।

(नेपाल पत्रकार महासंघ सुनसरी र रामधुनी नगरपालिकाको सहकार्यमा तयार पारीएको लेखनवृती)
Tags: उजुरीपेटीकारामधुनी नगरपालिकालकडाउनसेवाप्रवाह

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
रामधुनीका सात पत्रकारलाई फेलोसिप प्रदान

रामधुनीका सात पत्रकारलाई फेलोसिप प्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.