Friday, November 14, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

महिला उद्यमी : समस्या, चुनौती र समाधानका उपाय

खबरबिट by खबरबिट
22/03/2021
in FEATURE, विचार
0
महिला उद्यमी : समस्या, चुनौती र समाधानका उपाय
49
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

महिला उद्यमी भनेको महिला वा महिलाहरूको समूह हो, जसले व्यवसाय सुरुवात, व्यवस्थापन र व्यापार चलाउँछन् । एक महिला उद्यमी जो एक आत्मविश्वासवान, रचनात्मक र नवीन महिला हो, जसले व्यक्तिगत स्वतन्त्रताको चाहनाको साथसाथै अरूलाई रोजगारीको अवसर सिर्जना गर्दछ । त्यसैले, महिला उद्यमीहरू तिनीहरुलाई मान्न सकिन्छ, जसले व्यवसाय उद्यमको बारेमा सोच्दछन्, यसलाई आरम्भ गर्छन्, उत्पादनको कारकहरूलाई व्यवस्थित र मिलाउँछन्, उद्यम सञ्चालन गर्छन्, जोखिम लिन्छन् र आर्थिक अनिश्चिततालाई ह्यान्डल गर्दछन् ।

आधुनिक समयमा, महिला उद्यमीहरूले व्यापार, व्यापार वा उद्योगमा धेरै महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् । व्यवसायमा उनीहरूको प्रवेश भर्खरको उत्पत्ति हो । राजनीति, प्रशासन, चिकित्सा र ईन्जिनियरिङ, प्राविधिक, सामाजिक र शैक्षिक सेवाहरू जस्ता अन्य क्षेत्रहरूमा महिलाले आफ्नो महत्त्वपूर्ण भूमिका प्रदर्शन गरिसकेका छन् । उन्नत देशहरूमा यो सत्य हो र अब भर्खरका वर्षहरूमा, तिनीहरू हाम्रो देशमा यी क्षेत्रहरूमा प्रवेश गरिरहेका छन् ।

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

पछिल्लो समय महिलाहरु भान्छा भन्दा बाहिर वा माथी उठेर व्यापार व्यवसायमा आवद्ध भइरहेका छन् । केही व्यवसायहरूमा, महिला उद्यमीहरूले धेरै राम्रो गरिरहेकाछन् र उनीहरूले आफ्ना पुरुष समकक्षीहरूलाई पनि पार गरिसकेका छन् । महिला कानून, विज्ञान, मेडिकल, एयरोनटिक्स र अन्तरिक्ष अन्वेषण, प्रहरी तथा सैन्य सेवाहरूमा मात्र सफल देखिएको पाउन सकिन्छ । तर, पछिल्लो समय महिलाहरु व्यापार तथा उद्योगमा पनि आफ्नो सामथ्र्य देखाइरहेका छन् । उनीहरूले प्रमाणित गरेका छन्, कि उनीहरू दक्षता, कडा परिश्रम वा बुद्धिमत्तामा पुरुषहरू भन्दा कम छैनन् ।

महिला उद्यमीहरूकै कारण लगभग सबै देशहरूको अर्थव्यवस्थामा अत्यधिक वृद्धि भइरहेको छ । व्यवसाय तथा उद्यममा महिलाहरु अघि आउनुको मुख्यकारण ज्ञान, चेतनामा वृद्धि, इच्छाशक्ति तथा सरकारले ल्याएका केही सकारात्मक व्यवस्थालाई लिन सकिन्छ । आफ्नो जीवन र क्यारियरमा स्वतन्त्र निर्णय लिनको लागि प्रेरणादायक कारक हो महिला उद्यमी । महिला उद्यमी यस्तो व्यक्ति हो, जसले आफ्नो व्यक्तिगत चाहनाहरू पूरा गर्न चुनौतीपूर्ण भूमिकालाई स्वीकार्छ र आर्थिक रूपमा स्वतन्त्र हुन जान्छ । ठूलो सकारात्मक परिवर्तन गर्न उद्यमी महिलाहरूको अभिन्न गुण तीब्र इच्छा हो, जो परिवार र सामाजिक जीवन दुबैमा योगदान गर्न सक्षम छ । सञ्चारमाध्यमहरु र यसमा आउने महिला उद्यमीका विषयले महिलाहरू उनीहरूका आफ्नै गुणहरू, अधिकार र कामका बारेमा सचेत हुन्छन् ।

अहिलेका महिलाहरु सामान्य व्यापार व्यवसायमा मात्र सिमित छैनन् । आईटी र प्रविधिको क्षेत्रमा समेत महिलाहरु सक्षम बन्दै गइरहेका छन् । परिवारमा आम्दानी बढाउन महिलाहरू विभिन्न प्रकारका व्यवसायमा संलग्न हुनुपर्दछ र भइरहेका छन् पनि । त्यसैले यसले परिवारको साथै देशको आर्थिक विकासमा पनि मद्दत गर्दछ । धेरैजसो नेपालमा साना तथा घरेलु उद्योगमा महिलाहरू संलग्न छन् । हाम्रो देशमा महिलाहहरु बढी मात्रामा ढाका उद्योग, मसला, बुटिक, नूडल्स कारखाना, हातबाट निर्मित सामाग्री, मसाज थेरापिस्ट, हाउस क्लीनर, सिलाइ तथा कटाइ, कृषि आदी पेशामा संलग्न छन् । यि बाहेक महिलाहरु अनलाइन व्यवसायमा समेत संलग्न भएको देखिन्छ ।

नेपालको सन्दर्भ
वि.सं. २०६८ को जनगणनाको आधारमा हेर्ने हो भने नेपालमा पुरुष ४८.५६ प्रतिशत र महिला ५१.४४ प्रतिशत रहेका छन् । यसमा सांख्यीकीय केन्द्रीय ब्यूरोका अनुसार दर्ता भएको साना तथा लघु उद्योगको संख्या ८ लाख ३१ हजार ७३३ रहेको छ । त्यसमा महिलाहरुले संचालन गरेका २ लाख ४७ हजार ८८० मात्र छ । जुन २९.८ प्रतिशत मात्र हो । यसमध्ये पनि महिलाहरु बढी कृषि उद्यमीमा ५४, वन क्षेत्रमा १८, आर्टिसन उद्यमी १३, सेवा आधारितमा ६, पर्यटन क्षेत्रमा २ र अन्यमा ७ प्रतिशत महिलाहरुको सहभागिता रहेको छ ।

हाल नेपाल सरकारले आफै तथा विभिन्न संघसंस्थासँगको सहकार्यमा महिलाहरुलाई विभिन्न किसिमका सिप मुलक तालिमहरु प्रदान गरिरहेको छ । सरकारले महिलाहरुको नाममा फर्म दर्ता गर्दा निःशुल्क दर्ता तथा विशेष छुटको व्यवस्था गरिरहेको छ । महिलाहरुका लागि विभिन्न सहकारी, लघुबित्त तथा बैँकहरुले सहुलियत ब्याजदरमा ऋण पनि दिँदैआएको छ । गाँउगाँउमा आमा समुह, बचत समुह जस्ता संस्था स्थापना गरेर बचत गर्ने र त्यही बचत गरेको रकम संकलन गरेर घरेलु उद्यमीमा लगानी लगाउने आदी रणनीति बनाएर पनि सहकारीहरुले महिलाहरुलाई अघि बढाइरहेका छन् ।

स्थानीय सरकारले पनि महिलाहरुलाई उद्यमसिलतामा लाग्न धेरै योजनाहरु बनाइरहेका छन् । जसमा महिलाहरुलाई साना पसलहरु खोल्न, सिलाई बुनाईमा अग्रसर बनाउन, कृषि क्षेत्रमा लाग्न तथा उद्यमी बन्न धेरै रणनीति अपनाएको पाइन्छ । कुनै उद्यमी व्यवसायबाट कमिएको अर्थलाई उचित व्यवस्था गर्नको निम्ति बचत गर्ने प्रणाली स्थापित गरेको छ । उद्यमशीलतामा विकास गर्न विभिन्न किसिमका कृषि सामाग्री, वीउहरु निःशुल्क प्रदान गर्दै आएको छ । साथै विभिन ठाँउमा रहेका विभिन्न संस्थाले निःशुल्क सुङ्गुरका पाठा, हाँसका चल्ला, कुखुराका चल्ला आदी प्रदान गर्दै आएको छ । महिलाहरुको सिप र क्षमतालाई विकास गर्न स्थानिय सरकारले धेरै नै महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ ।

समस्याहरु र चुनौती
महिलाहरु विभिन्न उद्यममा लाग्दा अथवा लाग्दै गर्दा विभिन्न समस्याहरु भोग्दछन् । यद्यपि व्यवसाय भनेको नाफा कमाउनका निम्ति नै गरिन्छ । तर महिलाहरु उद्यम गर्छु भन्दै गर्दा परिवारको साथ उत्तिकै अनिवार्य छ । अहिलेको अवस्थामा परिवारले सहजै रुपमा साथ दिइरहेको छ ? परिवारले साथ नदिँदा महिलाहरुको निर्णयप्रक्रियामा बाधा पुग्न सक्छ । जसले गर्दा उनीहरुले बनाएका योजना अनुसारका काममा धेरै नै अवरोध आइपर्दछ । कुनै पनि काम गर्दा यदी परिवारको साथ भएन भने केही काममा पनि सफलता पाउन मुस्किल पर्दछ । परिवारको साथसँगै आर्थिक पक्ष पनि उत्तिकै आवश्यक हुन्छ महिलाहरुले उद्यम गर्न । त्यसै गरि सरकारले के कस्ता रणनीति बनाएका छन् भन्ने विषयमा पनि धेरै महिलाहरु अनभिज्ञ छन् । जसले गर्दा व्यवसायमा सरकारी निकायबाट धैरै नै समस्याहरुसँग टक्कर खानुपर्दछ र व्यवसायलाई त्याग्नुपर्ने स्थिति पनि सिर्जना हुन सक्दछ ।

बजार रणनीतिको बरेमा पर्याप्त मात्रामा ज्ञान नहुँदा पनि महिला उद्यमीहरुलाई बिभिन्न समस्याहरुसँग जुध्न बाध्य बनाउँछ । कुनै महिलाहरुको कौशल सोच र सृजनात्मक योजनाहरु विभिन्न अफ्ठ्यारा परिस्थितीले अघि बढ्न पाउँदैन । महिलाको नाममा घरजग्गा नहुँदा धितो राख्न समस्या समेत भइरहेको छ । बजारमा ठूला उद्योगहरुसँग प्रतिस्पर्धा गर्न नसक्नुले पनि साथै आफ्नो कौशल सीपको विकास गर्न नसक्नुले पनि महिलाहरुलाई उद्यमी हुनबाट पछि धकेलिरहेको अनुमान लगाउन सकिन्छ ।

न्यूनीकरणका उपायहरु
माथि उल्लेखित समस्याहरु र चुनौतीहरुलाई न्यूनीकरण गर्न महिलाहरुले बिभिन्न उपायहरु अपनाउनु पर्दछ । उनीहरुसँग व्यवसायमा लाग्ने इच्छा शक्ति छ भने उसले विशेष गरि पारिवारिक साथै सामाजिक सम्बन्ध राम्रो बनाउनुपर्दछ । जब सम्बन्ध राम्रो बन्छ तब मात्र आफूले गर्ने काममा पारिवारिक साथ र हौसला मिल्दछ । नेपाल सरकारले साथै विभिन्न संघसंस्थाले विभिन्न किसिमका सिपमुलक तालिमहरु निःशुल्क प्रदान गर्दै आएको छ । यस किसिमका तालिमहरुमा सहभागी भएर आफ्ना जिज्ञासाहरु राख्ने, सरकारी व्यवस्थाहर बुझ्ने हो भने पनि ज्ञान प्राप्त गर्न सकिन्छ । कुनै काम गर्दा अफ्ठ्यारो हुन्छ, आफुलाई असहज हुन्छ, थकान हुन्छ त्यतीबेला पनि आफ्नो काम प्रति आफैले प्रोत्साहन गर्नुका साथै हौसला बढाउनुपर्छ ।

अहिलेको समयमा कुनै पनि व्यवसाय गर्न प्राविधिक ज्ञान आवश्यक पर्दछ किन भने अहिलेको समयमा उद्योग सञ्चालन गर्दा अथवा व्यवस्थापन गर्दा धेरै कागजात बनाउनु पर्ने हुन्छ । विभिन्न उपकरणहरु प्रयोग गर्नुपर्ने हुन्छ । विभिन्न सहकारी संस्था, स्थानीय सरकार साथै बैंकले सुलभ ब्याज दरमा विशेष गरी महिलाहरुलाई मध्यनजर गर्दै सुलभ ब्याज दरमा ऋण प्रदान गर्दै महिलाहरुलाई प्रोत्साहन गर्नुपर्छ । साथै महिला उद्यमशीलतामा विकास गर्न बनाइएका योजना सम्पूर्ण जनसमुदाय माझ पुर्याउनुपर्दछ । कहिलेकाँही विभिन्न किसिमका आक्षेपहरु लाग्ने गर्दछ । नकारात्मक कुराहरु उत्पन्न हुन्छन् र त्यस्ता नकारात्मक कुराहरुलाई पनि सकारात्मक किसिमले सोच्ने र त्यही किसिमको अभिव्यक्तिको विकास गर्नु पर्दछ ।

जुनसुकै व्यवसाय अंगाल्दा महिलाहरुले विशेष गरि आफू के गर्दैछु भन्ने बारेमा सचेत हुनुपर्दछ । नैतिक ज्ञान, आचरण, स्वभाव सम्पूर्ण कुराहरुको चेतना हुनुका साथै बजारीकरण गर्दा कस्ता किसिमका रणनीति अपनाउँदैछु भनेर पनि चेतना हुनु आवश्यक हुन्छ । व्यवसाय थालनि गर्दा सुरुमा उचित योजना बनाउनुपर्छ र योजनालाई सार्थकता दिनुपर्छ ।

देश भरका महिलाहरूले आफ्नै पहलमा धेरै व्यावसायिक उद्यमहरू सुरू गरेका छन् । यो समय महिलाहरूको उद्यमशीलतामा उनीहरूका लागि लचिलो कार्यस्थलहरू प्रदान गर्न ठूला कदमहरू चाल्ने समय हो । महिलाहरूले सञ्चालन गर्ने व्यवासयमा पुरुषले पनि साझेदारी गर्न सक्नुपर्छ । उद्यमशीलतामा महिलाको सहभागितालाई प्रोत्साहन गर्नुपर्दछ किनकि यसले बढी अवसरहरू मात्र होइन समावेशी बृद्धिलाई सुनिश्चित गर्दछ । यसले उच्च दिगो आर्थिक वृद्धि, रोजगारी हासिल गर्न र जीवनस्तर बृद्धि गर्न गर्न मद्दत गर्नेछ ।

(लेखकः इटहरी नमुना कलेजमा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत छन् ।)

Tags: दयाराम कटेलमहिला उद्यमीविचार

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
वेब सिरिज ‘वेदना’ आउँदै

वेब सिरिज ‘वेदना’ सार्वजनिक (भिडियोसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.