परिवेशको अर्थ सीमा, परिधी वा वातावरण हुन्छ । परिवेश भन्नाले चारैतिरबाट भएको घेराइ वा परिवेष्टन भन्ने बुझिन्छ । वरिपरीको वातावरण कस्तो छ र कस्तो आकृति दिन सकिन्छ, त्यो तपाईमा निर्भर रहन्छ । मानिस सामाजिक प्राणी हो । ऊ समाजमा बस्दछ । समाजमा रहने हरेक प्राणीलाई सुहाउँदो परिवेशको जरुरत पर्न जान्छ । मिल्दो परिवेशको सिर्जना केवल विवेकशील प्राणीबाट मात्र सम्भव छ ।
हिमाल, पहाड र तराई मधेसको संयोजनमा नेपालको आकार तय भएको छ । यहाँको वातावरण विविधतामय छ । सयौं थरिका फूलहरुको मेलबाट मात्र सुन्दर बगैँचाको कल्पना गर्न सकिन्छ । त्यस्तै नेपाल पनि सयौं जाति, भाषाभाषी र संस्कृतिको एक स्वरुप हो भन्न सकिन्छ । विलक्षण किसिमको हापानी, वनजङ्गल, नदीनाला, पहाड पर्वत र हिमश्रृङ्खलाहरुले सुसोज्जित नेपाल एशियाकै एक सुन्दर मुलुक हो । यस्तो मुलुकमा जन्म लिने म एक सच्चा नागरिक पनि हुँ । सबैतिरको परिवेश एकै नहुने कुरा सर्वविदितै छ तर पनि आफ्नो क्षेत्रको परिवेश नमिलेमा मिलाउनु चाहिँ त्यस क्षेत्रका नागरिकको कर्तव्य हुन जान्छ।राजनीति परिवेश,सांस्कृतिक,धार्मिक,नैतिक जस्ता परिवेशले कहि न कतै प्रभाव पार्ने गर्दछ,यी सबै हाम्रा आवश्यकीय चिज पनि भएकाले यसप्रति उत्तरदायित्व वहन गर्न सिक्नु पर्दछ । खराब प्रवृत्ति र नकरात्मक क्रियाकलाप फैलिदै गएमा त्यसको समधान र बच्ने उपायहरु खोजि गरि आफ्नो परिवेशलाई सुन्दर र शान्त बनाउन पट्टि जोड दिनुपर्छ ।
– आफ्नो वरिपरिको परिवेशलाई स्वस्थ पार्न हामीले निम्न किसिमका कार्य तय गर्न सक्छौँ :
– बुद्धिजीवी व्यक्तित्वसित छलफल र परामर्श गर्ने,
– व्यक्तिवादी सोच परिवर्तन गर्ने,
– सामूहिक भलाइमा जुट्ने,
– आचारसंहिता तय गरि लागू गर्ने,
– स्थानीय निकाय र सुरक्षाकर्मीसँग समन्वय गर्ने,
– समाज खलबल्याउने व्यक्तिहरुका समस्या बुझी निराकरण गराउन पट्टि लाग्ने,
– त्यहाँको भौगोलिक संरचना अनुसारका विकासात्मक काम गर्न जुट्ने,
– मद्यपान,धुम्रपान तथा लागुऔषध दुव्र्यसनमा फसेकालाई परामर्श गरि सचेतनामूलक कार्यक्रम गर्ने,गराउने,
– मेरो नभई हाम्रो हो भन्ने भावना जागरुप गराउने,
– हामी यश धर्तीका एउटै सामाजिक प्राणी हौँ भन्ने भावनाको विकास गराउने,
– महिला हिंसा नगर्ने,
– मानवता विरोधी नहुने,
– सामाजिक तथा आर्थिक विभेदको अन्त्य गर्ने
– लैङ्गिक हिंसा नगर्ने
– हिंसाका विरुद्ध एक जुट हुने,
– जातीय विभेद तथा अमानवीय व्यवहारको अन्त्य गराउने कोसिस गराउने,
– समानता र स्वतन्त्रता कायम गर्ने आदि।
यी विविध कार्यहरु लागू हुन सके त्यहाँको परिवेश शान्त र स्वस्थ रहन कति पनि लाग्दैन । समयको मागलाई ख्याल गरेर सभ्यताका समृद्ध सिँढीहरु निर्माण गर्ने अभियानमा सबै पक्षलाई लगाउन सक्नुपर्छ । सामाजिक संरचनाहरु परिष्कार र परिस्कृत गर्दै जाँदा पनि परिवेश राम्रो बन्दै जान सक्छ । ‘स्वस्थ वातावरण नै स्वच्छ जीवन हो’ भन्ने भनाइले सार्थकता पाउन सक्छ।विकासका नाउमा वातावरण खल्बलाउने कदापि काम गर्नु हुदैन त्यसप्रति हरेक मानिस सचेत हुन सक्नु पर्छ,म र मेरो परिवेश एक अर्काबिच अन्योन्याश्रित सम्बन्ध रहने हुँदा त्यसको महत्व बुझी संरक्षण र संवद्र्धनतिर जुट्नु पर्छ । म पनि त्यस समाज र राष्ट्रको नागरिक भएकाले स्वस्थ र स्वच्छ परिवेश निर्माणप्रति सकरात्मक सोच लिएर अघि बढ्नु मेरो दायित्व हो । वर्ण, वर्ग, लिङ्ग, समुदाय र संस्कृति क्षेत्रका मानिसहरुलाई समताका साथ समानतामा लैजाने शिक्षा प्रदान गरिनु आवश्यक हुन्छ । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरुको पूर्ण उपयोग हुने वातावरण सिर्जना गराउनुपर्छ । सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीति व्यवहारमा लागू गराउन सकेको खण्डमा स्वस्थ परिवेशको निर्माण हुन कुनै समय नलाग्नेमा मेरो विश्वास छ । सबै सामाजिक प्राणीलाई यश महान कार्यमा लाग्न प्रेरित गर्नु समाजको नागरिक भएको नाताले मेरो दायित्व हुन जान्छ ।
जिउँदाको जन्ती मर्दाको मलामी भन्ने उखानलाई सबैले शिरोपरण गरे, सुखमा मात्र रमाउन खोज्ने होइन दुःखममा पनि साथ दिने गर्नुपर्छ । हरेक परिस्थितिममा रााम्रो वातावरण निर्माण गर्न सक्नु स्वस्थ परिवेश निर्माणप्रति मेरो दायित्व हो । शान्ति मान्छेको पहिलो रोजाइ हुन जान्छ, कोहि पनि अशान्ति, द्वन्द्व मच्चाएर समाजमा बाँच्न चाहँदैन तर कहिलेकाहीँ यस्ता घटनाहरु घट्न सक्छन् । तरपनि रिसको आवेगलाई रोक्न सकेको खण्डमा समाज बिथोलिनबाट रोकिन सक्छ । त्यसकारण मान्छेको खराब चिज भनेको रिस, ईष्र्या हो त्यसलाई आफ्नो बहसमा राखेर अघि बढ्नुपर्छ । शान्तिपूर्ण बाँच्न हर मानिसले प्रयास गर्छ र पनि सकिरहेको अवस्था हुँदैन, कारण आफुले आफैलाई चिन्न नसक्नु । उसले हेर्ने दृष्टिकोण बदल्न नसक्नु हो । अहिले २१ औं शताब्दिमा पनि मान्छेले मान्छेलाई गर्ने दुव्र्यवहार, शोषक र सामन्तिहरुको बर्चस्व कायम हुनु, राजनीतिमा समाजवादको सिद्धान्तको खोल ओड्ने तर त्यसलाई व्यवहारमा लागू गराउन नसक्नु पनि एउटा कारण हो । त्यसकारण म जे गर्छु, जे सोच्छु आफ्नो स्वार्थका लागि मात्र नभएर सबैको हितका लागि पनि हो भनी सम्झनु मानवको उत्तरदायित्व पनि हुन जान्छ ।
त्यसैले म यश देशको सच्चा नागरिक भएको हैसियतले स्वार्थरुपि भाव त्यागेर सबै र सधैकालागि भन्ने स्थुल विचार लिएर अघि बढ्न चाहान्छु । यो मेरो दायित्व हो । सबैको सरसल्लाह र उपददेश ग्रहण गर्नु पर्छ तर सहि निर्णय आफू गर्न जान्नु पर्छ । सहि विचार र निर्णयले त्यहाँको परिवेशलाई साँच्चै फाइदा पुग्न सक्छ । मान्छे अरुको पसिनामा रमाउने ,अरुको प्रगतिमा डाह गर्ने तर आफू कहिल्यै कर्म नगर्ने स्वभावको छ जसले समाजको वातावरण खल्बलिन्छ । पहिले कर्म गर्न सिक्नुहोस्, अनि रमाउन सिक्नुहोस् । अरुको पसिना क्षणिक मात्र हुन्छ तर तपाईको आफ्नो श्रम, सीप जिन्दगी भरलाई हुन्छ । सत्यभन्दा पनि न्याय हुने काममा सरिक हुन जान्नुपर्छ ।
अतः पुरानो विचार वा संस्कारलाई नयाँ कर्मले मात्र काट्न सक्छ । त्यसकारण नयाँ सकरात्मक कामको थालनी गर्नु नै आफूलाई कमजोर पार्ने पुराना विचारबाट मुक्ति पाउने मार्ग हो । पहिले आफूले कहिल्यै नगरेका सकरात्मक काम गर्ने जमर्को गर्नु नै नयाँ जीवनको सुरुवात हो जसले आफूमा परिवर्तन गर्न सक्छ । उसले अरु र त्यहाँको परिवेशलाई समेत स्वच्छ र स्वस्थ बनाइरहन सक्छ । म बाहिरी रुप र बनावटमा हैन भित्री मन र मस्तिष्कलाई सुकिलो पार्छु, पहिला दृष्टिकोण बदल्छु, पहिलाका खराब बानी त्याग्छु, सत्यमा भन्दा न्यायपूर्ण काममा जुट्छु, सबै नागरिक एकै हौँ भन्ने भाव लिएर बाँच्छु, वरिपरिको वातावरण स्वस्थ राख्नु मेरो नि कर्तव्य हो भनी अघि बढ्छु र पहिला आफूबाट सुरुवात गर्छु । मानव भएका नाताले आफ्नो घर स्वस्थ राख्नु मेरो पहिलो कर्तव्य हो ।







