नयाँ नक्सा सार्वजनिक भएको अवसरमा सुनसरीकाे रामधुनी नगरपालिकाका युवाहरूले दीप प्रज्वलन गरी खुसीयाली मनाएका छन् ।
प्रतिनिधिसभाबाट भारतले मिचेको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको परिवर्तित नयाँ नक्सा र नयाँ निशान छापमा संविधान दोस्रो संशोधन विधेयक २०७७ पारित भएसँगै सुनसरीको रामधुनी झुम्काका युवाहरुले दीप प्रज्वलन गरेका हुन् ।
स्वस्फूर्त रुपमा भेला भएका युवाहरुले शनिबार साँझ झुम्केश्वर मन्दिर अगाडि नयाँ नेपालको नक्शा बनाइ दीप प्रज्वलन गरी खुसीयाली मनाएका हुन् । सो दीप प्रज्वलनका केही तस्बिरहरु ।
तस्बिर : आर.बी.कट्वाल/खबरबिट