मोरङको विराटनगर महानगरपालिका–१० तिन टोलियाबाट ३ लाख बराबरको अबैध समान बरामद भएको छ ।
शनिबार बिहान १० बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउँदै गरेको उक्त मुल्य बराबरको तामा तथा पित्तलको भाडा र तयारी पोशाक बरामद गरेको हो ।
बरामद भएको समान आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालय बुझाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।