सुनसरी । सुनसरीको बराहक्षेत्रमा ट्याक्टरले किचेर बिहीबार एक बालकको मृत्यु भएको छ ।
बिहीबार साँझ करिब ५ बजे को २ प ९६०७ नम्बरको ट्याक्टरले बराहक्षेत्र २ का ७ वर्षीय बालक आयुस थापालाई किचेको सशस्त्र प्रहरी बल चतराका प्रमुख अशोक न्यौपानेले बताए । उनका अनुसार ट्याक्टरको बीचको ठूलो देब्रे चक्काले किचेको थियो ।
ट्याक्टर चालक ३२ वर्षीय रामबहादुर दुलाल र ट्याक्टर इलाका प्रहरी कार्यालय चक्रघट्टिले नियन्त्रणमा लिएको समेत न्यौपानेले बताए ।
