सुनसरीको धरान उपमहानगरपालिका १३ बाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । लागुऔषध ब्राउनसुगर र ट्याब्लेटसहित शनिबार ३ जना पक्राउ परेका हुन् ।
धरान १३ को एक घरबाट लागुऔषध बेचबिखन भईरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १३ की २६ वर्षीया समिया लिम्बु, धरान १३ कै २९ वर्षीय मन्दिप मगर र धरान १५ का ४३ वर्षीय घनश्याम राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लागुऔषध ३ ग्राम ब्राउनसुगर र १५० ट्याबलेट नाईट्रोजन तथा ८३ हजार नगदसहित शनिवार राति ९ बजे पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।