सुनसरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको देवानगंज ७ रासी बस्ने जगरुप यादवकी ५ वर्षीया छोरी लक्ष्मीकुमारी यादवको पोखरीमा डुबेर मृत्यु भएको हो ।
बिहीबार साँझ साढे ६ बजे घर निजकै रहेको पोखरी छेउमा खेल्ने क्रममा अचानक लडेर पोखरीमा डुबेको अवस्थामा आफन्तले तत्काल देखी उपचारार्थ लैजाँदै गर्दा निज नाबालिकाको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटना सम्बन्धमा कानुनी कारबाही भइरहेको उक्त कार्यालयले जनाएको छ ।