रामधुनी । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) कार्यालयले प्रदेश १ मा निर्मित विभिन्न आइसोलेसन सेन्टर र क्वारेन्टाइन व्यवस्थापनमा सहायता पुग्नेगरी सुरक्षाका सामाग्री हस्तान्तरण गरेको हो । कार्यालयले चार हजार थान झुल, १२० एम एल सेनिटाइजर र मास्कसहितको सुरक्षा सामग्री प्रदान गरेको हो ।
प्रदेश १ मा कोरोना संक्रमणले अति प्रभावित झापा मोरङ्ग र सुनसरी जिल्लाका सिमावर्ती क्षेत्रका क्वारेन्टाइन र आइसोलेसन केन्द्रमा यी सामग्रीहरु वितरण गरिएको हो ।
उक्त सामग्रीहरु विराटनगर महानगरपालिकालाई ५ सय थान, रङ्गेली नगरपालिकालाई दुई सय थान, गौरिगन्ज गाउँपालिकालाई एक सस ५ थान, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत आवश्यक स्थानमा वितरण हुने गरि ७ सय थान, जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत वितरण हुनेगरी ५ सय थान सामग्रीहरु वितरण गरिएको कार्यालयले जनाएको छ ।
दोश्रो चरणको संक्रमण प्रदेशका सिमावर्ती जिल्ला र मुख्य सहरहरुमा फैलिँदै गएको परिस्थितिमा स्थानीय सरकार र प्रदेश सरकारद्वारा संचालित क्वारेन्टाइन, आइसोलेसन र होल्डिङ एरिया लक्षित गरि उक्त सामग्रीहरु उपलब्ध गराइएको संस्थाका प्रदेश १ सम्पर्क कर्मचारी द्वारिका घिमिरेले बताए ।