सुनसरी । जिल्लाकाे बर्जु गाउँपालिकामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
बर्जु ५ मा रहेको ईस्टन सुगरमिलमा कार्यरत स्थानीय ४२ वर्षीय तेज नारायण चौधरीको करेन्ट लागेर मृत्यु भएको हाे । आज बिहान १० बजेको समयमा उक्त मिलमा काम गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थिए ।
घाइते चौधरीलाई उपचारको लागी गोल्डेन अस्पताल पठाइएकोमा उपचारको क्रममा साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।