मोरङ । मोरङमा होटल सञ्चालकको कुटाइबाट एक ग्राहको मृत्यु भएको छ ।
भारत घर भई हाल उर्लाबारी ७ मा बस्दै आएका ३५ वर्षीय शुसिल मल्लिकको कुटपिटबाट मृत्यु भएको हो
मल्लिकलाई उर्लाबारी ७ मै होटल संचालन गरी बस्ने २६ वर्षीय गोपाल तामाङले कुटपिट गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
गत आइतबार मल्लिक होटलमा खाजा खान गएको अवस्थामा गोपाल र उनीबीच विबाद हुँदा गोपालले एक्कासी उनलाई कुटपिट गरी होटल बहिर निकाल्न खोज्दा मल्लिक भुईमा लडी बेहोस भएका थिए ।
बेहोस भएका मल्लिकलाई स्थानीय अस्पतालमा उपचार हुन नसकी भारतको सिलिगुडीमा लगि उपचार गराइरहेकोमा उपचारकै क्रममा उनको मंगलबार (आज) बिहान साढे ४ बजे मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।
यता कुटपिट गर्ने होटल संचालक गोपाल तामाङलाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाइएको छ ।