सुनसरी । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन विरुद्ध इटहरीमा बयलगाडा प्रदर्शन हुने भएको छ ।
अनेरास्ववियू जिल्ला कमिटि सुनसरीले संसद विघटन विरुद्ध आइतबार इटहरीमा सांकेतिक रुपमा बयलगाडा प्रदर्शन गर्न लागेको हो ।
इटहरी चोकमा दिउँसो तीन बजे प्रदर्शनको कार्यक्रम रहेको जिल्ला सचिवालय सदस्य अतीत नेपालले जानकारी दिए ।
उनका अनुसार असम्वैधानिक संसद विघटन विरुद्ध व्यंग्यात्मक रुपमा बयलगाढा प्रदर्शन रहने छ भने नेकपा नेताहरुको समेत उपस्थिती रहनेछ ।