Sunday, March 15, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

बराहक्षेत्र नगरपालिकाको कोरोना राहत कोषमा एक करोड ८३ लाख जम्मा, खर्च कति ?

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
22/07/2020
in FEATURE, काेराेना अपडेट, स्थानीय
0
माघि पर्वको अवसरमा बराहक्षेत्रमा सार्वजनिक विदा
16
SHARES
408
VIEWS
Share on FacebookShare on Twitter

सुनसरीको बराहक्षेत्र नगरपालिकाले गत चैतदेखि कोरोना व्यवस्थापन राहत कोषमा स्थापना गरेपछि अहिलेसम्म उक्त कोषमा १ करोड ८३ लाख १३ हजार ६ सय ६८ रुपैयाँ ३३ पैसा जम्मा भएको छ ।

असार १० सम्मका विवरण अनुसार सो रकम जम्मा भएको नगरपालिकाले बिनियोजन गरेका शीर्षक मध्ये कोरोना रोकथाम तथा राहतकोषमा १ करोड ३१ लाख बजेट रकमान्तर गरिएको लेखा अधिकृत बिरेन्द्र यादवले जानकारी दिए ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

कोरोना राहतकोषमा रकमान्तर कुन कुन शिर्षकमा भयो र कति ?
उद्दार राहत तथा पुर्नस्थापन कोषबाट १० लाख, विपत् व्यवस्थापन तथा पूर्व तयारी र प्रति कार्य १५ लाख, विपन्न वर्ग उत्थान कार्यक्रम २० लाख, विपदका घटनाबाट पीडितहरुलाई राहत व्यवस्था ५ लाख, संघसंस्था अनुदान १० लाख, बहुजातीय संग्रहालय १० लाख, मिथिला संग्रहालय ५ लाख, अपांग सहकारीलाई विउपुजी अनुदान २० लाख, एकल सहकारीलाई विउपुजी अनुदानबाट २० लाख, विपद व्यवस्थापन १६ लाख गरि नगरपालिकाको तर्फबाट जम्मा १ करोड ३१ लाख बजेट कोरोना राहत कोषमा जम्मा गरिएको बताए ।

त्यसैगरी गैरसरकारी संघसंस्थाहरुबाट १४ लाख ९२ हजार ३ सय २२ रुपैयाँ, बराहक्षेत्र नगरपालिका जनप्रतिनिधि तथा शिक्षा कर्मचारी तलब कट्टीबाट २४ लाख २ हजार १ सय ३५ रुपैयाँ, ब्यक्तिगत सहयोग ३ लाख १९ हजार २ सय ११ रुपैयाँ र प्रदेश सरकारबाट १० लाख गरि हालसम्म स्थानीय तहको प्रकोप व्यवस्थापन राहतकोष जम्मा १ करोड ८३ लाख १३ हजार ६ सय ६८ रुपैयाँ ३३ पैसा जम्मा भएको लेखा अधिकृत यादव बताए ।

कोरोना राहतकोषमा कति खर्च भयो ?
राहत वितरण कार्यक्रम चामल खरिदमा ७१ लाख ४७ हजार ७ सय ५० रुपैयाँ, दाल खरिदमा ११ लाख ७३ हजार ७ सय ५६ रुपैयाँ, तेल नुन र साबुनमा १६ लाख ३७ हजार ९ सय ९० रुपैयाँ , १,२,४,६,७,८,९,१०,११ वडालाई राहत सामग्री बितरण गर्न नपुग सामग्री खरिद गर्दा जम्मा ४ लाख ८१ हजार ७ सय ७३ रुपैयाँ, ढुवानी खर्च १ लाख ६१ हजार ८ सय ५० रुपैयाँ, विविधमा ६७ हजार ५ सय र सामान प्याकिङ खर्च ९ हजार ६ सय गरि जम्मा १ करोड ६८ हजार २ सय १९ रुपैयाँ राहत वितरणमा खर्च भएको नगरपालिकाले जनाएको छ ।

क्वारेन्टाइन व्यवस्थापनमा कति खर्च ?
बराहक्षेत्र नगरपालिका भित्र बराहक्षेत्र नगरपालिका ६ महेन्द्र मावि, वडा नम्बर १० प्रकाश मावि, वडा ११ मधुवन मावि र वडा ३ महेन्द्र माविमा गरी ४ वटा क्वारेन्टाइन राखिएको थियो । मधुवनमा भने अझै क्वारेन्टाइनमा बसिरहेका छन् । नगरले उनीहरुको हेरचाह खानपान स्वास्थ सामाग्री गाडीभाडा लगायत अन्य खर्च व्यवस्थापन गर्न अहिलेसम्म २८ लाख ८८ हजार ३९ रुपैया खर्च गरेको छ ।

नगरपालिका राहत वितरण र क्वारेन्टाइन व्यवस्थापन गरि जम्मा १ करोड ३८ लाख ९८ हजार १ सय ३६ रुपैयाँ खर्च गरेको सार्वजनिक गरेको छ ।

जसमा नगरपालिकाले खर्च कटौती गरि कोषमा नगद मौज्दात ४४ लाख १५ हजार ५सय ३१ रुपैयाँ बाकी रहेको छ । उक्त रकम कोरोना भाइरस निर्मुल नहुनजेल यसमा खर्च हुने र पछी आपतकालीन अवस्थामा समेत खर्च गर्न सकिने लेखा अधिकृत यादव बताए ।

Tags: काेराेना भाइरसक्वारेन्टाइनबराहक्षेत्र नगरपालिकाराहत काेष

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
भोक्राहामा विपि स्मृति दिवसको अवसरमा बृहत रक्तदानसँगै पार्टी कार्यालय उद्घाटन

भोक्राहामा विपि स्मृति दिवसको अवसरमा बृहत रक्तदानसँगै पार्टी कार्यालय उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.