इटहरीमा कोरोना भाइरस (कोभिड १९) संक्रमित भेटिएका छन् ।
सुनसरीको इटहरी २ मा एकजनामा कोरोना संक्रमित भेटिएकाे हो ।
धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा एकजनामा कोरोना देखिएको हो ।
संक्रमित भेटिएसँगै इटहरी उपमहानगरपालिकाले वडा नं. २ र ३ सिल गर्ने निर्णय गरेको छ । आगामी जेठ ११ सम्मका लागि दुई वटा वडा सिल गरिएको हो ।