नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार राति सवा ८ बजेको अद्यावधिक अनुसार ९ जना नयाँ संक्रमित थपिएका हुन् । यो सँगै कुल संक्रमितको संख्या ५ सय १६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ती अनुसार मकवानपुरकी ५४ वर्षीया एक महिला, भक्तपुरकी ४२ वर्षीया महिला, सप्तरीका ३५ वर्षीय पुरुष र बाराका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।
हालसम्म उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको र सबैजना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।