काठमाडौं । नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमण हुनेको संख्या पाँच सय ४८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले शनिबार बिहान जारी गरेको प्रेस विज्ञप्ती अनुसार कपिलवस्तुका ८, सर्लाहीका १३, बाराका एक, काठमाडौंका एक, रुपन्देहीका ८ र चितवनका एक जनामा कोरोना संक्रमण देखिएको हो ।
बिहान ८ः४० बजेसम्मको अद्यावधिक अनुसार नयाँ ३२ जना संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।








