वडा नम्बर ३ को कार्यालय निर्माणका लागि बराहक्षेत्र नगरपालिकाले छुट्याएको जग्गामा वडाध्यक्ष रुद्र दाहालले भवन शिलान्यास गरेका छन् । उनले यो भवन वडा कार्यालयको भवन नभइ अन्य प्रायोजनका लागि शिलान्या गरेको स्पष्ट पारेका छन् ।
बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ को कार्यालय बनाउन नगरपालिकाले चालु आर्थिक वर्ष एक करोड ५० लाख बजेट छुट्याएको थियो ।
एक वर्ष अघिबाटै वडा कार्यालय बनाउन जग्गाको खोजी खोजी भइरहेको थियो । जनप्रतिनिधिहरुबीच सहमति हुन नस्क्दा वडा कार्यालय बनाउने बिषय लम्बिदै गएको थियो ।
मिलनचौक नजिक दाताबाट प्राप्त ६ कठ्ठा जग्गा नगरको नाममा पास समेत भएको थियो । मेयर निलम खनालले नगरपालिकाको नाममा पास गरेपछि टेन्डर खुलाएका थिए । उक्त टेन्डर समेत लागि सकेको छ । वडाध्यक्ष दाहालको असहमतिमा भवन बनाउने भएपछि अध्यक्ष दाहालले केही दिन अघि नडाहामा कार्यालयको भवन शिलान्यास गरेका थिए । सो भवन निर्माणको काम भइरहेको छ । दाहालले भने वडा कार्यालय नडाहामा बन्दै गरेको भवन नै हुने दाबी गरे ।
शुक्रबार बसेको वडा कार्यालयको बैठकले आफ्नो वडामा बन्न लागेको भवनलाई प्रदेश सरकार र स्थानीय सरकारको बजेट दिएको भएपनि यो भवनलाई अन्य प्रयोजनमा लगाउने दाहालले बताए ।
बजेट लाई फ्रिज हुन नदिन भएपनी भवन शिलान्यास गरेको उनको भनाइ छ । भवन बनेपछि भोलिका दिनमा अन्य प्रयोजनमा प्रयोग गर्न सकिने गरी ठेकेदार कम्पनसिँग मिलेर काम सुरु गरेको उनले बताए ।