काठमाडौं । नेपालमा थप २८ जनाले कोरोनाभाइरस जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको पत्रकार सम्मेलनमा २८ जना कोरोना मुक्त भएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार योसँगै निको हुनेको संख्या १८३ जना पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पर्साका २१ जना कोरोना निको भएर घर फर्किएका छन् । जसमा ५ महिला र १६ जना पुरुष रहेका छन् ।
यसैगरी कोसी अस्पतालको आइसोलेसनमा उपचाररत ४ जनापनि कोरोना निको भएर घर फर्किएका छन् । उनीहरु सबै उदयपुरका हुन् । यसैगरी बाँकेका २ जना र बर्दियाका एक जना पनि कोरोना निको भएर घर फर्किएका छन् ।
यस्तै पछिल्लो अध्यावधिक विवरणअनुसार नेपालमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ जना पुगेको छ ।
हालसम्म नेपालमा कोरोनाबाट ४ जनाको मृत्यु समेत भएको छ ।







