काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको संख्या १ हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमित मध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
तनहुँमा १, स्याङ्जामा २, पर्सामा ५, कालिकोटमा १८, दैलेखमा १८, बाजुरामा ३, सल्यानमा २५, सुर्खेतमा १, कपिलवस्तुमा ५, बाँकेमा ८, सप्तरीमा १२, कैलालीमा ३, झापामा ४, मोरङमा १, धनुषामा २१, रौतहटमा २९, सर्लाहीमा १० जना कोरोना संक्रमित थपिएका हुन्।
यसैबीच पछिल्लो २४ घन्टामा २ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएको पुष्टि भएको छ।