बिहीबार कोरोना संक्रमण देखिएका रामधुनी ५ झुम्काका युवा भारतबाट आएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
उनी गत जेठ २१ गते भारतबाट आएर क्षेत्रीय कृषि तालिम केन्द्र झुम्कास्थित क्वारेन्टाइनमा बसेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र पौडेलले जानकारी दिए ।
उनका अनुसार केही दिन अघि क्वारेन्टाइनमा रहेका थप ३४ जनाको स्वाब संकलन गरी विराटनगर पठाइएको थियो । जसमा ३१ जनाको रिपोर्ट आइसकेको र सो मा उक्त पुरुषको रिपोर्ट पोजेटिभ पाइएको हो ।
थप ३ जनाको रिपोर्ट आएको छैन । उनीहरुको स्वाब पुनः परीक्षण गरिएको र रिपोर्ट शुक्रबार मात्र आउने पौडेलले बताए ।