सुनसरीमा बसिरहेको खाटबाट लडेर एक किशोरीको मृत्यु भएको छ ।
जिल्लाको कोशी गाँउपालिका ३ स्थितमा बस्ने १६ वर्षीया अन्जिता उरावँको लडेर मृत्यु भएको हो ।
बुधबार अपरान्ह ४ बजे आफ्नै घरमा खाटमा बसि टिभी हेरिरहेको अवस्थामा अचानक खाटबाट लडी बेहोस भएकोमा उपचारार्थ लजाँदै गर्दा सवा ५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटना सम्बन्धमा कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।