रामधुनी । रामधुनीका थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । झुम्कास्थित क्षेत्रीय कृषि तालिम केन्द्रको क्वारेन्टाइनमा रहेका एक पुरुषमा कोरोना संक्रमण भएको हो ।
रामधुनीका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको रामधुनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार संक्रमित पुरुष भारतबाट आएका र गत असार १२ गतेदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए ।
१८ असारमा क्वारेन्टाइनमा रहेका ४० जनाको पीसीआर टेस्ट गरी विपी विज्ञान प्रतिस्थान धरान पठाइएको थियो । उक्त पुरुषको रिपोर्ट भने पोजेटिभ आएको पौडेलले बताए ।