सुनसरी । इटहरीमा बिहीबार थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गत ७ भदौमा गारिएको पीसीआर परीक्षणको रिपोर्टमध्ये ९ जनामा संक्रमण पुष्टि भएको उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
थपिएका संक्रमितहरु इटहरी ६ का १ जना ४६ वर्षीय पुरुष, इटहरी ९ का ३ जना, ५ वर्षीय बालक, ४४ वर्षीय पुरुष र ५५ वर्षीया महिला रहेका छन् ।
त्यस्तै, इटहरी १० का १ जना, ३७ वर्षीय पुरुष, शसस्त्र प्रहरी वल पकलीका २ जना, २८ र ३२ वर्षीय पुरुष, इलाका प्रहरी कार्यालय इटहरीका २ जना, ३२ र ३६ वर्षीय थुनुवा रहेका छन् ।
यो सँगै इटहरीमा कोरोना संक्रमितको संख्या १ सय १० पुगेको छ । त्यस्तै, स्वास्थ्य शाखाका अनुसार २८ जनाले कोरोनालाई जितेका छन् ।