रामधुनी । रामधुनी नगरपालिकाको कार्यालयले प्रदान गर्ने अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सोमबार बसेको नगरस्तरीय वैठकले नगरपालिका र यस अन्तर्गतका वडा कार्यालयहरुले प्रदान गर्ने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । वैठकले २४ वैशाखसम्म सेवाहरु बन्द गर्ने सोमबार नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
महामारीको रुपमा विश्वभर फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण दर दैनिक रुपमा बढिरहेकोले सो को रोकथाम, नियन्त्रण र संक्रमण हुन नदिन सेवा बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख जयप्रकाश चौधरीले जानकारी दिए । कर्मचारी तथा सेवाग्राहीमा पनि उच्च जोखिम भएको र दैनिक संक्रमणको दर वृद्धि हुँदै गएकोले सेवा बन्द गरिएको चौधरीको भनाइ छ ।
जारी सूचनामा सार्वजनिक स्वास्थ्य, खानेपानी, विद्युत तथा फोहोर मैला बाहेकका अन्य सेवा बन्द गरिएको उल्लेख गरिएको छ ।
त्यस्तै नगरभित्र दैनिक तथा साप्ताहिक रुपमा लाग्ने हाट, बजार र मेलाहरु अर्को सूचना प्रकाशित नभएसम्म स्थगन गर्ने निर्णयको नगरप्रमुख चौधरीले जानकारी दिए । सोमबार नै अर्को सूचना जारी गर्दै सोही वैठकले सो निर्णय गरेकाले यस कार्यमा सरोकारवालाहरु सबैले सहयोग गरिदिनुहुन नगरपालिकाले आग्रह गरेको छ ।