पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट १ हजार ६९४ जना र एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो ।
यसमध्ये काठमाडौँ उपत्यकामा ६५३ जना संक्रमित थपिएका छन् । भक्तपुरमा ५८ जना, ललितपुरमा ११२ जना र काठमाडौँमा ४८३ जना संक्रमित फेला परेका हुन् ।
यही अवधिमा थप ३ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् भने ४६ जनाको मृत्यु भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६८ हजार ९५५ रहेको छ ।