इटहरी । सुनसरीको इटहरीको मिलनचोकमा साथीमार्टले नयाँ आउटलेट संचालनमा ल्याएको छ । शनिबार एक कार्यक्रम गरी उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलको प्रमुख आतिथ्यतामा मार्टको शाखाको उद्घाटन गरिएको हो ।
करिब ३ करोड रुपैयाँ लागतमा संचालनमा ल्याइएको शाखामा साथीमार्टको प्रदेश एकको क्षेत्रीय कार्यालय तथा गोदाम (बितरण केन्द्र) समेत रहने बताइएको छ । मार्टमा ओ टु ओ )अनलाइन टु अफलाइन) दुबै सुबिधा उपलब्ध रहने जनाइएको छ ।
इटहरीको पूर्वलाइन स्थित मिलनचोकमा खुलेको मार्टको आउटलेट वयरहाउससहित पाँच हजार बर्गफिट रहेको छ। फेन्चाइज नभइ साथीमार्ट इनकर्पोरेट प्रा लि को पुर्ण स्वामित्वमा रहने नयाँ आउटलेटमा करिब तीस जनाले प्रत्यक्ष रोजगारी पाएको जनाइएको छ ।
ओ टु ओ मार्ट भएकाले इटहरी र आसपासका उपभोक्ताले साथीमार्टको आधिकारिक वेबसाइटमार्फत आफुलाई आवस्यक सामान रोजेर अर्डर गरि घरैमा डेलिभरी मगाउन सक्नेछन् । इटहरी आउटलेटमा ग्रोसरी, कस्मेटिक, बेकरी, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, बर्थ डे, गिफ्ट, तरकारी फलफूल, इलेक्ट्रोनिक्स लगायतका सामान उपलब्ध रहेको छ।
मार्टमा ग्राहकले ३५ प्रतिशत सम्मको छुट, फल्यास सेल, डिल अफ द मन्थ, नेपाली मेड कलेक्सन लगायतको सुबिधा रहेको छ । स्टोर पुर्ण डिजिटल तथा अत्याधुनिक तरिकाले संचालन हुने नेपालकै पहिलो मार्ट हो । साथै ग्राहकलाई पिक अप सम्मको सुविधा पनि रहेको कम्पनिले जनाएको छ ।
ग्राहकहरुका लागि एन.आइ.सि. एसिया बैंकबाट समान खरिद गर्दा २० प्रतिशतसम्मको छुटका साथै स्पिन द व्हील बाट उपहार जित्ने मौका रहेको र ग्राहकको लागि फोटो कन्टेस्ट जसबाट समाजिक संजालमा थप मनोरन्जन बढाउन सफल हुने बिश्वास मार्टको रहेको छ ।