बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबन्जरमा रहेको युनिक फेसन प्लाजा पाँऔं वर्षमा प्रवेश गरेको छ ।
संचालक मधुसूदन भट्टराईकी आमा उत्तर कुमारी भट्टराईको हातबाट केक काटी वार्षिकोत्सव मनाइएको छ ।
बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ का भट्टराईले कालाबन्जार चौकमा करिब ३७ लाख रुपैयाँको लगानीमा आकर्षक डेकोरेशनसहित प्लाजा सुरु गरेका थिए । युवायुवतीहरु लगायतलाई मध्यनजर गर्दै खोलिएको उक्त प्लाजामा नेपालका विभिन्न ब्रान्डका लुगा कपडा, जुत्ताचप्पल लगायतका सामाग्री बिक्री गर्दै आएको भट्टराईले बताए ।
५औं वर्षमा प्रवेश गरेको अवसरमा सम्पूर्ण सामाग्रीमा १९ गतेसम्म ३५ प्रतिशात छुटको व्यवस्था रहेको उनले बताए ।
२०७४ भदौ १८ गते महानायक राजेश हमालले व्यवसाय उद्घाटन गरेका थिए ।