सरकारले वृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको छ । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता पाउनेछन् ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षदेखि वृद्धा भत्ता पाउने उमेर हद घटाएको घोषणा गरेका हुन् । हाल ७० वर्षमाथिका जेष्ठ नागरिकले पाउनेमा आगामी आर्थिक वर्षमा नै सामाजिक सुरक्षा भत्ता पाइने शर्माले बताए । भत्ता लिन नचाहने लाभग्राहीलाई सरकारले सम्मान गर्ने पनि उनले बताए ।
![आर्थिक वर्ष २०७९/८० को बजेट भाषण [LIVE]](https://khabarbit.com/wp-content/uploads/2022/05/Budget1-1140x599.jpg)





![आर्थिक वर्ष २०७९/८० को बजेट भाषण [LIVE]](https://khabarbit.com/wp-content/uploads/2022/05/Budget1-75x75.jpg)
