Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

बराहक्षेत्र नगरपालिकालाई अध्ययन समितिको प्रतिवेदन, फिल्मीसिटीका श्रीलंका टप्पु उपयुक्त

खबरबिट by खबरबिट
13/07/2021
in FEATURE, रंग
0
बराहक्षेत्र नगरपालिकालाई अध्ययन समितिको प्रतिवेदन, फिल्मीसिटीका श्रीलंका टप्पु उपयुक्त
8
SHARES
207
VIEWS
Share on FacebookShare on Twitter

चलचित्र विकास बोर्डको कार्य योजनाअनुरुप छायाँकन स्थल निर्माण सम्भाव्यता अध्ययन समितिले बराहक्षेत्र नगरपालिकाको श्रीलंका टप्पुक्षेत्रलाई फिल्मसिटी बनाउन उपयुक्त रहेको ठहर गर्दै स्थानीय तहलाई प्रतिबेदन बुझाएको छ ।

श्रीलङ्का टप्पुमा पर्ने गरैया, चिलैया क्षेत्रमा चलचित्र छायांकन स्थलका लागि नगरपालिकाले गरेको समन्वयका लागि चलचित्र विकास बोर्डले आभार ज्ञापन समेत गरेको छ ।

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

छायांकन स्थल निर्माण सम्भाव्यता अध्ययन समितिको सिफारिसका आधारमा बराहक्षेत्र नगरपालिकाले टप्पु क्षेत्रमा छायांकन स्थल निर्माण गर्नका लागि सहमति प्रदान गरी लेखिपठाएको थियो ।

जवाफमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बोर्डका तर्फबाट बराहक्षेत्र नगरपालिकालाई धन्यवाद ज्ञापन गर्दै प्रतिवेदन बुझाएको समितिका सहसंयोजक प्रेम सुब्बाले जानकारी दिए ।

सोमबार चलचित्रकर्मीले बराहक्षेत्रका नगर प्रमुख निलम खनाललाई भेटी प्रतिवेदन हस्तान्तरण गरेका छन् । पत्र हस्तान्तरण गर्दै समितिका सहसंयोजक प्रेम सुब्बाले प्रदेश १ भरी जग्गाको उपलब्धता र सुन्दरताको हिसाबले बराहक्षेत्रको टप्पुक्षेत्र उपयुक्त भएको बताए ।

कार्यक्रममा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले सातै प्रदेशमा बन्ने फिल्मसिटी भन्दा तुलनात्मक हिसाबले प्रदेश १ मा आकर्षक र उपयुक्त स्थान छनोट भएको बताए । बराहक्षेत्र नगरपालिकाले स्थानीय स्तरमा एउटा समिति गठन गर्नुपर्ने समितिका सहसंयोजक प्रेम सुब्बाले सुझाव दिए ।

बराहक्षेत्रमा फिल्मीसिटी बन्ने भएपछि नगर प्रमुख निलम खनालले खुसी व्यक्त गरेका छन् । उनले धार्मिक नगरीसँगै बराहक्षेत्र फिल्म नगरी हुनेमा आशावादी रहेको बताए । उनले नगरपालिकाले कार्यविधि निर्माण गरी स्थानीय सरकारले काम अघि बढाउने उपस्थित चलचित्रकर्मीहरुलाई आश्वासन दिए ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको समन्वयमा सातै प्रदेशमा छायांकन स्थल निर्माण गर्ने अभियानअन्तर्गत बराहक्षेत्रलाई छनोट गरी चलचित्र विकास बोर्डले काम अघि बढाएको छ ।

चलचित्र विकास बोर्डले गठन गरेको छायांकन स्थल निर्माण सम्भाव्यता अध्ययन समितिले प्रदेश १ का विभिन्न स्थलमा अवलोकन गरी वराहक्षेत्रको श्रीलंका टप्पु क्षेत्रलाई उपयुक्त स्थानका रुपमा सिफारिस गरेको थियो । समितिले यस अघि प्रदेश र संघीय सरकारलाई उक्त प्रतिवेदन बुझाइसकेको छ ।

कार्यक्रममा नेपाल चलचित्रकर्मी महासंघका प्रदेश १ अध्यक्ष अरुणकुमार प्रधान, सदस्य हिमाल दाहाल, छायांकन स्थल निर्माण सम्भाव्यता अध्ययन समितिका सहसंयोजक प्रेम सुब्बा, सदस्यहरु केबल तामाङ, केशव रायमाझी, भीषण राईलगायतको उपस्थिति थियो ।

Tags: चलचित्र विकास बोर्डफिल्मीसिटीबराहक्षेत्रश्रीलंका टप्पु

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

२४ घण्टामा २ हजार ३९८ कोरोना संक्रमित थपिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.