गण्डकी प्रदेशको पोखरामा जारी ९औं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश नं. १ ले १ स्वार्ण पदक र १ कास्य पदक प्रप्त गरेको छ ।
आसोज २८ गतेबाट सञ्चालनमा रहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आज सोमबार भएको पुरुष एकल प्रतियोगिताको फाइनलमा बागमती प्रदेशका प्रदिप खत्रीलाइ हराउँदै प्रदेश १ का युकेश योञ्जनले स्वर्ण पदक जितेका हुन् । युकेशले बागमती प्रदेशका खत्रीलाई ४–१ सेटले पराजित गर्न सफल भएका छन् ।
सातौं राष्ट्रिय देखि टेनिसमा प्रतिस्पर्धा गरिरहेका युकेसले सातौं राष्ट्रिय खेलमा कास्य, राखेपको प्रतिस्पर्धमा स्वर्ण, आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक प्रप्त गरेका खेलाडी हुन् । युकेसको स्वर्ण पदकसँगै प्रदेश नम्बर १ ले २ स्वर्ण बनाएको छ ।
यस्तै महिला एकल सफ्ट टेनिसमा प्रदेस १ ले कास्य पदक जितेको छ । बिराटनगरकी श्रेया योञ्जनले गण्डकी प्रदेशकी अदिति पराजुलीलाइ पराजित गर्दै कास्य पदक जितेकी हुन । युकेश र श्रेया दुबै बिराटनगरका हुन ।
एकलमा पदक जिते पनि उनीहरु डबलमा समेत प्रतिस्पर्धा गर्नेछन । उक्त प्रतियोगीता कार्तिक ३ गतेसम्म चल्ने छ ।